Saturday, June 20News That Matters

पाँचथरमा पिकअप दुर्घटना, दुईका ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २५

पाँचथरमा पिकअप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारीको ज्यान गएको हो ।

थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप  हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान  पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । घटना सम्बन्धमा थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।