
पूर्णपुष्टि, जेष्ठ २५
घरमा गए राति लुटपाट गर्न आएका अज्ञात समूहले चलाएको गोलीबाट एक महिला घाइते भएकी छन् । महोत्तरी लोहारपट्टी नगरपालिका–६ मा गोली चलेको हो । स्थानीय रामशरण साहको घरमा करिब ५/६ जनाको समूहमा आएका लुटेराको समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।
उक्त समूहबाट साहको घरमा लुटपट पनि भएको छ । नगदसहित करिब १ लाख रकम बराबरको सामान चोरी गरेर सो समूहले गोली चलाएको होे ।
लुटपाटपश्चात साहकी श्रीमती ४५ वर्षीया गायत्रीदेवी साहले सहयोगको लागि हारगुहार मागेकी थिइन् । त्यसपछि उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
गोली प्रहारपछि घाइते भएकी साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनामा संलग्न लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
