
पुर्णपुष्टि,असोज ५
जल तथा मौसम विज्ञान विभागले अवको पाचँ दिन देशका विभिन्न स्थानमा भारी वर्षासहित हावाहुरीको सम्भावनाको जोखिम रहेको जनाएका छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म भारीवर्षा र हावाहुरिको सम्भावना रहेकोे जनाएको छ ।
