
पूर्णपुष्टि, पुष १२
महिला पुनस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ अनुसार पछिल्लो पाँच महिनामा आठ सय ४४ जना महिला तथा बालिका हिंसाका सिकार भएका छन् । साउन देखि मंसिर महिनाको अवधिमा घटेका महिला हिंसाका घटनाहरुको विश्लेषण गर्दा सबैभन्दा बढी ५६ प्रतिशत अर्थात चार सय ७५ वटा घटना घरभित्रकै सदस्यको संलग्नता भएको ओरेकको तथ्याँकले देखाएको छ ।
श्रीमान तथा परिवारका अन्य सदस्यहरुबाट महिलालाई विभिन्न वाहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट बञ्चित गरिएका, घरनिकाला गरिएका, गालिगलौज गरी भावनात्मक चोट पुगेका, विभिन्न डर त्रास देखाई मानसिक यातना दिएका तथ्याकहरु संकलन भएका छन । परिवार, समाज र राज्यमा स्थापति पितृसत्तात्मक सोँच र सोही अनुरुप विभेदकारी मूल्य मान्यताका कारण हुने हिंसा महिलाले भोग्नैपर्ने नियती जस्तै बनेको छ । यो तथ्याङ्कबाट महिलाहरु घर परिवार जहाँ महिलाले धेरै सुरक्षा पाउनु पर्ने हो त्यस ठाँउमा नै बढी असुरक्षित भएको देखिएको छ ।
त्यस्तैगरी, एक सय ५२ वटा १८ प्रतिशत बलात्कार, ७५ वटा ९ प्रतिशत सामाजिक हिंसा, ५३ वटा ६ प्रतिशत हत्याको घटना भएका छन् ।
त्यसैगरी,३७ वटा ४ प्रतिशत यौन दुव्र्यवहार, १४ वटा २ प्रतिशत अन्य मध्ये ७ वटा अलपत्र अवस्थामा बाटोमा फेला परेका घटना र ७ वटा साइवर अपराधसँग सम्बन्धित घटनाहरु, ११ वटा १ प्रतिशत बलात्कारको प्रयासका घटना रहेका छन् ।
त्यस्तै, ११ वटा १ प्रतिशत आत्महत्या, ८ वटा ०.९ प्रतिशत मानव बेचविखन त्यस्तै ४ वटा ०.५ प्रतिशत हत्याको प्रयास र ४ वटा ०.५ प्रतिशत मानव बेचविखनको प्रयासका घटनाहरु रहेका छन् ।


