गाईघाटमा जिप र ट्याक्टर एकैसाथ भयानक दुर्घटना, ७ जना घाईते

पूर्णपुष्टि, पुष १२
धरान बाट मुस्ताङ तर्फ गईरहेको जिप र गाईघाट बाट गोलबजार गईरहेको ट्याक्टर एकैसाथ दुर्घटना हुँदा ७ जना घाईते भएको छ । गाईघाट बजार नजिक गैरुनमा पश्चिम बाट पूर्व तर्फ गैरहेको ट्याक्टर र पूर्व बाट पश्चिम तर्फ आईरहेको जिप अचानक एकअपसमा दुर्घटना भएको हो । प्रतक्षदशीहरुका अनुसार कुनै पनि गाडी एकआपसमा नठोकिनै दुर्घटना भएको जनाएको छ । जिप पहिला दुर्घटना भए सँगै क्रस गरेर अगाडी गएको ट्याक्टर पनि दुर्घटना भएको हो ।

ट्याक्टर र जिप एक आपसमै नजिकै दुर्घटना भएको छ । दुवै सडक भन्दा तल नालीमा खसेको छ । घाईते मध्य दुईजनालाई अलिक बढी चोट लागेपछि जिल्ला हस्पिटल उदयपुर लगिएको छ । बाँकी सबैको उपचारका लागि हस्पिटल पठाईएको छ ।

जिपमा ६ जना सवार रहेको थिए । जिपमा रहेका २ जना भने अलिक बढी घाईते भएको उनिहरुको खुट्टामा चोट लागेको जनाएको छ । जिप डाईभर धरान १६ का २३ बर्षिय सागर योगी र ट्याक्टर डाईभर गोलबजारका २५ बर्षिय जितेन्द्र चौधरी सामान्य घाईते छन् ।

उनिहरुलाई पनि उपचारका लागि हस्पिटल लगिएको छ । मापासे गरी सवारी चलाएका कारण दुर्घटन भएको प्रहरीले जनाएको छ । बढी चोट लागेको दुईजनाको अवस्थाको पनि विवरण आउन बाँकी छ । अन्य जिपमा सवार ४ जना धनकुटा राजारानी ७ का २६ बर्षिय डिल्लिराज चेम्जोङ, सोही ठाउँका १८ बर्षिय अनमोल लिम्बु र अन्य सबैलाई उपचारको लागि पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0