
पूर्णपुष्टि, साउन ३१
मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका–२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका–३ बस्ने ३६ वर्षीय शेर बहादुर राइको मृत्यु भएको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
