Tuesday, June 2News That Matters

पानीमा डुबी २ जनाको मत्यु

पूर्णपुष्टि, चैत ६ ।
सुनसरीमा पानीमा डुबेर दुईजनाको ज्यान गएको छ । पानीमा डुबेर एक वृद्ध र एक जना बालकको ज्यान गएको हो । जिल्लाको ईटहरी उपमहानगरपालिका–५ शान्ति टोलका ६८ वर्षीय नेत्र भण्डारी र बर्जु–१ का १३ वर्षीय निशान रिषीदेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
वृद्धलाई हिजो बिहान पौने ८ बजे स्थानीयले सुकुमारी खोलाको डुबिरहेको अवस्थामा देखी ईलाका प्रहरी कार्यालय ईटहरीमा खबर गरेसँगै प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको छ ।
त्यस्तै, बालकको बर्जु गाँउपालिका– ६ स्थित थलाह खोलामा डुबी मृत्यु भएको थियो । हिजो दिउसो साढे १ बजे खोलामा नुहाउने क्रममा स्थानीयले डुबिरहेको देखी मृत्यु भएको खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी टोली खटिगएकोमा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।