
पूर्णपुष्टि, असोज २२
पानीमा डुबेर दाङमा एक जना युवाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–६ का २६ वर्षीय गुरुप्रसाद चौधरीको पानीमा डुबेर आज ज्यान गएको छ ।
बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।

