खुकुरी प्रहारबाट श्रीमतीको हत्या

पूर्णपुष्टि, असोज २२
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई प्रहरीले श्रीमतीको हत्या अभियोगमा पक्राउ गरेको हो ।

राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते शुसिलालाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा उनको ज्यान गएको अस्पताले जनाएको छ ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0