Wednesday, June 10News That Matters

पानीमा डुबेर ३ जनाको मृत्यु

पूर्णपुष्टि, असार ५ गते ।
प्रदेश नं. १ का दुई जिल्लामा तीनको पानीमा डुबेर ज्यान गएको छ । मोरङको दुई जना र झापाको एक जना गरी तीन जनाको पानीमा डुबेर ज्यान गएको हो ।
मोरंङको जहदा गाउँपालिका–४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखियाको मृत्यु भएको छ । मुखिया माईत जान्छू भनी हिडेकोमा शनिवार बिहान घर देखी केही मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी, मोरङकै रतुवामाई नगरपालिका–१ मुस्लिमटोल बस्ने साकिर आलमका २ वर्षीय छोरा जासिद मियाको कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ५ बजे घर नजिकै रहेको कलमा पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

यता, झापा गाउँपालिका–४ सुकुम्बासी बस्तिमा १ जनाको पानीमा डुबी मृत्यु भएको छ । आज बिहान सवा ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ बर्षीय मोहन मडी नालीको पानीमा डुबी मृत्त अवस्थामा रहेको भनी जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटीगई घटना सम्बन्धमा कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ ।