
पाचँथर, असोज १४ गते ।
पाँचथरको कुम्मायकमा पालिले किचेर १ जनाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ हाङथुवामा पालिले किचेर धनप्रसाद सम्वाहाम्फेको भृत्यु भएको हो ।
आफ्नै घरको पालिले बिहान १० बजेको किचेर ४६ वर्षीय सम्वाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ । बसिरहेको अवस्थामा एक्कासी पाली खसेर सम्वाहाम्फे गम्भिर घाईते भएको थियो । घाईते भएको सम्वाहाम्फेको उचपारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएपनि उपचारको क्रममा विहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचथरले जनाएको छ ।
