Friday, May 22News That Matters

पाल्पा बस दुर्घटना : गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

पूर्णपुष्टि,वैशाख १० । पाल्पाको जोरधारमा आज विहान भको बस दुर्घटनामा परि गम्भीर घाइते एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाप्लाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक (डिएसपी) वीरेन्द्र थालाका अनुसार आज विहान बुटलबाट बाग्लुङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा घाइते भएकी महिलालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्य भएको (डिएसपी) थापाले जानकारी दिए । मृतकको परिचय नखुलेको डिएसपी थापाले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक (इन्सपेक्टर) फर्सुराम गौतमले दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दार कार्य थालिएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ