Friday, May 22News That Matters

अमृतपाल सिंह भारतबाटै पक्राउ

पूर्णपुष्टि, बैशाख १० । खालिस्तानको अभियान चलाईरहेका अमृतपाल सिंह भारतबाटै पक्राउ परेका छन् । आइतबार बिहान पन्जाबबाट सिंहलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको भारतीय सञ्चार माध्यामले उल्लेख गरेको छ । मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका सिंहलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका थिए । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । उनका थुप्रै समर्थकहरुलाई पञ्जाबबाट प्रहरीले पक्राउ गरेको थियो भने सिंह लुकीछिपि बस्दै आएका थिए ।

संगठनका नाईके अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । भारतीय प्रहरीको फरार सूचीमा रहेको सिंहमाथी ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको र अशान्ति मच्चाएको आरोप छ।