
पूर्णपुष्टि भदौ १८
झापा कमल गाऊपालिका ५ आदीबासी रङ्गशाला अगाडी पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको ४ बर्षीय छोरा मानव कापरीको मृत्यु भएको छ ।
आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
