Thursday, May 14News That Matters

पिकअप भ्यानको ठक्करबाट बृद्धको मृत्यु

पूर्णपुष्टि, भाद्र २९ गते ।

मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खेदीखोला गाउँपालिका–१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर बस्नेत रहेका छन् ।मंगलवार साँझ ७ बजे प्रदेश १–०२–००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री बस्नेतलाई ठक्कर दिदा घाईते भएका थिए । घाईते बस्नेतको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न भेन र चालक बिराटनगर–५ का २४ बर्षीय संतोष गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।