
पूर्णपुष्टि, भदौ २६
कास्कीमा सामाजिक सञ्जालमार्फत कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा दुई जनालाई पक्राउ गरेका छन् ।
पर्वतको मोदी गाउँपालिकाका ईश्वर रिमाल र चितवनका निरज लम्साललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु दुवै जनाले प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा कोरोनाको पीसीआर परीक्षण गरेका थिए । दुई जनाको रिपोर्टमध्ये एक जना (रिमाल) को रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको प्रहरीले जनाएको छ ।

