Thursday, July 2News That Matters

पुनः आजदेखि श्रम स्वीकृतिको काम हुने

पूर्णपुष्टि, असोज १९

आजदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम पुनः सुरु हुने भएको छ ।
कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा बन्द भएको थियो ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागेको विभागले जनाएको छ ।

कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।