
पूर्णपुष्टि, असोज १९
मनसुन विस्तारै कमजोर बन्दै गएको छ । अहिले देशका केही ठाउँको मौसम बद्ली भएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुममान महाशाखाले जनाएको छ ।
देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर बाँकी प्रदेशहरुमा आंशिक बद्ली रहने जनाएको छ ।
मनसुन बिस्तारै कमजोर बन्दै गएको छ । पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको हो । अब केही दिनमा देशभरिबाटै मनसुन बाहिरिने महाशाखाले जनाएको छ ।
जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले १/२ दिन अझै मनसुन बाहिरिने सम्भावना नभएको जनाएको छ ।

