
पूर्णपुष्टि, जेठ १
माओवादी केन्द्र र एकिकृत समाजवादीको दुई दलीय गठबन्धनले त्रियुगा नगर पालिका वडा नं. १२ को जनपे्रमी आधारभुत विद्यालयको स्थगित मतदान पून सुरु गर्न माग गरेको छ ।
गाईघाटको टाउन होटलमा गरिएको पत्रकार सम्मेलन गर्दै गठबन्धनले स्थगित मतदान चाडोभन्दा चाडो मतदानको मिति तोक्न माग गरेको छ । आज जेष्ठ १ गतेभित्र मतदानको मिति नतोके आन्दोलनमा जाने उद्घोष गरेको छ । गठबन्धनको तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका बलदेव चौधरीले वडा नं. १२ मा पुन मतदान नगराए आन्दोलनको आधिवेरी ल्याउने चेतावनी दिएका थिए ।
पुन मतदान हुनुपर्ने भन्दै गठबन्धनका प्रमुख र उपप्रमुखका सहित जनता समाजवादी पार्टी र रा.प्र.पा. ले समेत पुन मतदान गर्नुपर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराईएको निवेदनमा जनप्रेमी आधारभुत विद्यालयमा खटिएका मतदान नियत राखेर मतदातालाई झनझट दिएको र मतदान गर्न पाउने अधिकार कारवाही गर्न माग गर्नुका साथंै चाडो भन्दा चाडो पुन मतदान समय तोक्न समेत माग गरिएको छ ।
