
पूर्णपुष्टि, पुस १७ ।
संगम सामुदायिक पुस्तकालय गाईघाटले पुस्तकालयकाे विकास र विस्तार सम्बन्धी बृहद अन्तरक्रिया अाज गरेकाे छ । पठन संस्कृतिकाे विकास गर्ने उद्देश्यका साथ विज्ञ र शिक्षा सराेकारवालाहरुसंग अन्तरक्रिया भएकाे हाे । 
कार्यक्रममा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार क्याम्पस धरानबाट अाउनु भएका पुस्तकालय विज्ञ अाेमनाथ खतिवडाले एक अबधारणा पत्र प्रस्तुत गर्नु भयाे । पुस्तकालय सन्चालनका लागि स्थानीय सरकारले कर उठाउनसमेत सक्ने कुरा अवधारणापत्रमा देखाईएकाे छ । 
त्रियुगा नगरपालिकाकाे सहयाेग रहेकाे अन्तरक्रियामा नगरपालिकाका सामाजिक विकास समितिका संयाेजकसमेत रहेका ११ नं. वडाध्यक्ष विश्वराज भट्टराई, १६ नं. वडाध्यक्ष मानबहादुर राई, १० नं. वडाध्यक्ष प्रकास खड्काकाे सहभागिता रह्याे । विभिन्न विद्यालयका प्रधानाध्यपक तथा शिक्षकहरु, नागरिक समाज, प्रहरी, पत्रकार, विद्यार्थि तथा वालवालिकाहरुकाे सहभागिता रह्याे ।
सहभागिहरुले पुस्तकालयकाे विकास र विस्तारका लागि अा-अाफ्नाे ठाउँबाट सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पछिल्लाे समय एक स्थानीय तह एक पुस्तकालयकाे अबधारणा अाएकाे छ । साथै हरेक विद्यालयका पुस्तकालय र वाचनालयकाे अवधारणालाई व्यपहारिकरुपले अगाडि बढाउनु पर्ने धारणा अाएकाे छ । यसका लागि संगम पुस्तकालयले अगुवाई गर्न तत्परता देखाएकाे छ । 
