
पूर्णपुष्टि, असार २९
गाईघाटमा शिक्षामन्त्रीको पुत्ला दहन गरेको छ । अहिले सम्म पनि शिक्षा मन्त्रालयले विद्यालय तथा वद्यार्थीहरुलाई पुस्तक लगायत अन्य सामाग्रीहरु वितरणमा ढिलाई गरेको भन्दै पुत्ला दोहन गरेको हो । माओवादी मजदुर पार्टी र विप्लवको संयुक्त आयोजनामा गाईघाट स्थित टेम्पो चोकमा बुधबार पुत्ला दोहन गरेको हो । पुत्ला दोहन कार्यक्रममा शिक्षामा चरम भ्रष्टाचार भएको र यसको जनताहरुले भण्डाफोर गर्नु पर्ने जनाएको छ । शिक्षा अतिनै आवश्यक र अरु भन्दा महत्वपूर्ण क्षेत्र रहेको भन्दै यसलाई ढिलाई गर्नुमा सरकारको चरम लापर्वाहरी रहेको उनिहरुले निष्कर्ष निकालेको छ ।
सरकारले शिक्षा सामाग्रीहरु तत्काल प्रदान गर्नु पर्ने माग समेत राखेको छ । यस कार्यमा ढिलाई गर्नाले विद्यार्थीहरुको पढ्न पाउने अधिकार बन्चित भएको बक्ताहरुले जनाएको छ ।
