Thursday, May 7News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-09

डोटी जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकाको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर । उनीहरुबाट ६१ हजार २० रुपैँया बिगो दावी माग गर्दै मुद्दा दायर गरिएको हो ।

-*-

डोटीको एक गाउँपालिकाले कोरोना संक्रमितलाई आर्थीक सहयोग गर्ने । बडीकेदार गाउँपालिकाले आफ्नो पालिकाका नागरिक कोरोना संमित भए जनही १ हजार ५ सय र कोरोनाकै कारण मृत्यु भएमा मृतकका परिवारलाई  ५० हजार रुपैयाँ दिने निर्णय गरेका हो ।

-*-

उदयपुरको गाईघाटकी एक महिलामा आज कोरोना संक्रमण देखिएपछि घर आसपासमा सिल । उपचारको लागि काठमाडौं पुगेकी ५४ वर्षिया महिलामा पिसिआर चेक गर्दा पोजेटिभ देखिए पछि गाइघाट स्थित घर र आसपासको क्षेत्रमा सिल गरिएको हो ।

-*-

सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।

-*-

नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ । आज थपिएका नयाँ संक्रमितहरु मध्ये ४ सय ४८ जना पुरुष र ९० जना महिला रहेको हो ।

-*-

आज नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु । कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

-*-

सुदूरपश्चिम प्रदेशको ४० हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ । समयमै मनसुन भित्रिएकाले असारको पहिलो हप्तासम्म ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।

-*-

कोरोना भाईरसबाट भारतमा मृत्यु हुनेको संख्या १४ हजार । अहिलेसम्म भारतमा ४ लाख ४० हजार भन्दा बढीमा कोरोना संक्रमित भईसकेका छन् भने १४ हजार १५ जनाको मृत्यु भएको हो ।

-*-

१५ औँ शताब्दीको इतिहास बोकेको रोल्पा गजुलकोट दरबार संरक्षण तथा प्रवद्र्धनको काम सुरु । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारबाट विनियोजीत रकमबाट ऐतिहासिक गजुलकोट दरबारको संरक्षण गर्ने काम सुरु भएको हो ।

-*-

नेपालमा पारित गर्न लागिरहेको एमसीसी सम्झौता तत्काल ख्यारेज गर्र्न र नेपालको भुमिमा राखिएको भारतीय सेना तत्काल हटाउन माग गर्दे ४ ओटा पार्टीले गाईघाटमा मंगलबार बिरोध गरेको छ ।

-*-

आज कतारको दोहाबाट १ सय ४५ जना नेपालीहरु काठमाण्डौँ आईपुगे । कतारमा कोरोना र विभिन्न समस्यामा परेका मध्ये दूतावासले प्राथमिकताको आधारमा १ सय ४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो ।

-*-

कुवेतबाट १ सय ६० जना नेपाली काठमाण्डौ आइपुगे । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।

-*-

स्वतन्त्र भएर नेपालले कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद वेदुराम भुसालले प्रश्न गर्नुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भुसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुठभेड गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्न गर्नुभयो ।

-*-

धेरै सरिताहरुलाई तत्काल अङ्गीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बताउनुभएको छ । नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभए पनि धेरै सरिताहरुलाई तत्काल अङ्गीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै बिडारीले यस्तो बताउनुभयो ।

-*-

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई हराउदै जित हात पारे । बिहान सकिएको खेलमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो ।

-*-

अविरल वर्षासँगै पहिरो आएपछि हेटौँडा–काठमाण्डौँ सडक अवरुद्ध । मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध भएको हो ।

-*-

तमोर नदिले बगाउँदा दुई जिल्लाका तीन जना बेपत्ता भएका छन् ।

(ड(

वर्षासँगै पहिरो खसेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक गाडी बीच बाटैमा अलपत्र परेको हो ।

-*-

आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटे । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो ।

-*-

एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा अमेरिकाले प्रतिबन्ध । हवाई उडान सम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकोले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको ‘द हिन्दू’ ले जनाएको छ ।

-*-

ओखलढुंगा मानेभञ्ज्याङ–६  देउराली डाँडा स्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु । ट्याक्टर चालक भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमनको दुर्घटनामा मृत्यु भएको हो ।

-*-

सुनसरीमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा एक साईकलयात्रीको मृत्यु । ईनरुवा–७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।