
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी । कोरोना महामारीका कारण लकडाउन भएपछि स्थगित गत वर्षको परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो ।
-*-
काठमाण्डौ उपत्यकामा गाउँबाट भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने । घर भाडामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।
-*-
सर्लाहीको एक नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ । हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
-*-
उदयपुरमा प्रहरीको नेतृत्व सम्हाल्न आउनुभएका एसपी भिमबहादुर दाहालले अपराध, कालाबजारी, लागूऔषध, चोरीनिकासी, हिंसा जस्ता कुरामा सुन्य सहनसिलता अपनाउने उद्घोष । लागूऔषध जिल्लाको प्रमुख समस्याको रुपमा देखिएकाले नियन्त्रणमा विशेष पहल गर्ने पनि बताउनुभएको छ । कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनुभएको छ ।
-*-
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ७ सय २९ पुगेको हो ।
-*-
गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-*-
आज दाङमा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
-*-
आज नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि । पछिल्लो २४ घण्टामा १ सय १० जना महिला र ५ सय १९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
-*-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ ।
-*-
विश्वमा कोरोना संक्रमित मध्ये ५० लाखभन्दा बढी उपचारपछि निको भए । ५० लाख ४१ हजार ७ सय भन्दा बढी उपचारपछि निको भएको हो ।
-*-
हेटौँडा उपमहानगरपालिकाको सातौँ नगर सभाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्यायो । यो बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आएको हो ।
-*-
त्रियुगा नगरगानका उत्कृष्ट लेखक खिला घिमिरेलाई त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा सम्मान । घिमिरेलाई नगरपालिकाले ५१ हजार १ सय ५१ रुपयाँ नगद सहित कदर पत्रले सम्मान गरेको हो ।
-*-
त्रियुगा नगरपालिकाको पाँचौँ नगर सभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी १ अर्व २ करोड ७ लाख ९६ हजार बजेट ल्याए । नगरसभामा मेयर बलदेव चौधरीले आगामी आवको लागी अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
-*-
उदयपुरको रौतामाई गाउँपालिकाले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता लोकप्रीय कार्यक्रम घोषणासहित गाउँसभा आज सम्पन्न । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको हो ।
-*-
चौदण्डिगढी नगरपालिकाको चौथो नगरसभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी साढे ६३ करोड नीति, कार्यक्रम तथा बजेट पेस । नगरसभामा उपमेयर रिताकुमारी चौधरीले आगमी आवको लागी ६३ करोड ५५ लाख ४३ हजार २ सय रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।
-*-
बेलका नगरपालिकाको छैटौँ नगरसभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी नीति, कार्यक्रम तथा बजेट पेस । नगरमा उपमेयर राजकुमारी चौधरीले आगामी आवको लागी ७३ करोड ६० लाख ९७ हजार ९१ रुपैयाँ नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन् ।
-*-
वर्षासँगै पहिरो खसेपछि कर्णाली राजमार्ग गतरातिदेखि अवरुद्ध । कालिकोटको शुभकालिका गगनेखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
-*-
इंग्लिस प्रिमियर लिगमा टोटनहमले वेष्ट ह्यामलाई २–० गोलले पछि पार्दै जित हात पारेको छ ।
-*-
विदेशमा समस्यामा परेका नेपाली स्वदेश ल्याउन आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने । विभिन्न ५ ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज काठमाण्डौ आउने छ भने ५ ठाउँमा नेपालीलाई लिन जहाज जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
-*-
मलेसियाबाट ७ हजार ३ सय ४१ जनाले घर फर्कन आफ्नो विवरण टिपाएको त्यहा रहेको नेपाली दुताबासले जनाएको छ ।
-*-
आज सुनको भाउ बढ्यो । सुनको तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो ।
-*-
रौतहटबाट १० वर्ष पहिला यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ । जिल्ला प्रहरी कार्यालय रौतहटले इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साहलाई पक्राउ परेको हो ।
-*-
मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ । ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो ।
-*-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बसेको बैठक सकिएको छ ।
-*-
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले आज लद्दाखको भ्रमण । सेनाध्यक्षले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मान गरेको जनाईएको छ ।
-*-
गायक प्रताप दासको सुमधुर आवाजमा सजिएको ढुङ्गा मुढा’ बोलको गीत सार्वजानिक भएको छ ।
-*-
त्रियुगा नगरपालिका वडा नं १३ की वडा अध्यक्ष पशुपति चौधरीले वडावासीहरुको माग र आवश्यकतालाई पहिलो प्राथामिकता दिएर काम गरेको बताउनु भएको छ ।
