
पूर्णपुष्टि, असार १०
उदयपुरको रौतामाई गाउँपालिकाले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता लोकप्रीय कार्यक्रम घोषणासहित गाउँसभा आज सम्पन्न गरेको छ ।
पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको हो । बजेट तथा योजनामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा अािर्थक विकासलाई राखिएको छ । आर्थिक विकासतर्फ १ करोड ८२ लाख विनियोजन भएको छ । सामाजिक विकासतर्फ १ करोड ६८ हजार ९० लाख रहेको छ । त्यस्तै वातावरण तथा विपद्तर्फ १ करोड ३० लाख, समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रणका लागि १ करोड ११ लाख बजेट बिनियोजन भएको छ ।
त्यसैगरी विदेशबाट फर्किआएकाहरुका लागि युवा स्वरोजगारका लागि ५० लाख, गरिबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्डलको दरले जस्तापाता दिनका लागि ३० लाख, विपन्न, दलित, आगोलागी प्रकोपका लाई ४ वण्डलको दरले जस्तापाता दिन ३० लाख बजेट विनियोजन भएको छ ।
पालिकाको नयाँ लोकप्रीय कार्यक्रमको रुपमा सुत्केरी महिलालाई गाउँपालिका उपाध्यक्ष कोशेली कार्यक्रमका लागि ५ लाख, गाउँपालिका अध्यक्ष विशेष सम्बोधन कार्यक्रमका लागि १० लाख बजेट विनियोजन भएको छ ।
गाउँसभाको पूर्ण तयारीका साथ गाउँसभा गरिएकाले सौहाद्रपूर्ण ढंगले आजै सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो । अाजै सञ्चालन गरेर अाजै सम्पन्न गर्न सफल उदयपुरकाे एकमात्र पालिका राैतामाइ बनेकाे छ ।
मुख्य शिर्षक र बजेट
- आर्थिक विकासतर्फ १ करोड ८२ लाख
- सामाजिक विकासतर्फ १ करोड ६८ लाख ९० हजार
- पूर्वाधार विकासतर्फ ७ करोड नया७८ लाख
- वातावरण तथा विपद्तर्फ १ करोड ३० लाख
- समपुरक कोषको लागि १ करोड २० लाख
- कोभिड १९ लाई १ करोड ११ लाख
- गरीबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ वण्डल जस्तापाता दिनका लागि ३० लाख
- ”विपन्न, दलित, आगोलागी प्रकोपलाई ४ वण्डलको दरले जस्तापाता दिन ३० लाख
- विदेशबाट फर्किआएका युवा स्वरोजगारको लागि ५० लाख
- सुत्केरी महिलालाई गाउँपालिका उपाध्यक्ष कोशेली कार्यक्रमलाई ५ लाख
- गाउँपालिका अध्यक्ष विशेष सम्बोधन कार्यक्रमका लागि १० लाख
- सडकमर्मतसम्भार, सबै वडालाई ५० लाख
तस्विरहरू :

