
बेलका, असार १०
जयराम पूर्वछाने मगर
बेलका नगरपालिकाको छैटौँ नगरसभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी नीति, कार्यक्रम तथा बजेट पेस गरेको छ । नगरमा उपमेयर राजकुमारी चौधरीले आगामी आवको लागी ७३ करोड ६० लाख ९७ हजार ९१ रुपैयाँ नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन् ।
आय तर्फ संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान १३ करोड २५ लाख, सशर्त अनुदान २३ करोड, १९ लाख, राजस्व बाडफाड ११ करोड २ लाख ७४ हजार १ सय, स्थानीय पूर्वाधार विकास कार्यक्रम १ करोड २५ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ७४ लाख ३९ हजार, सवारी साधन करवाट ६० लाख ४० हजार, सशर्त अनुदान १ करोड, समपुरक अनुदान (चिस्यान केन्द्र कार्यक्रम) ३ करोड, विशेष अनुदान १ करोड, प्रदेश निर्वाचन क्षेत्र विकास समेत १ करोड २५ लाख अनुमानीत नीति कार्यक्रम तथा बजेट प्रस्त भएको छ ।
कृषिमा आधुनिकिकरण, प्राबिधिक शिक्षा, स्वास्थ सरसफाइ, भुमी ब्यबस्थापन, जलस्रोत, सूचना प्रबिधि, खेलकुद लगतयतका १४ बुद्धे नीति तथा कार्यक्रम तथा बजेट प्रतुत गरेको छ ।

सभालाई सम्बोधन गर्दै प्रदेश सांसद बिमल कार्किले बेलका नगरपालिकालाई यस आर्थिक वर्षमा ४० करोड उपलब्ध गराएको जनाएको छ ।
