
भारतबाट नेपालमा सलह किरा प्रवेश । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो ।
-*-
यस वर्ष राम्रो सँग वर्षा भएकाले असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ । उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भैसकेको हो ।
-*-
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका १÷१ जनामा संक्रमण देखिएको हो ।
-*-
आज उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि । त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाईनमा रहेका ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
-*-
नेपालमा आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ ।
-*-
स्याङ्जाका थप ३४ जना कोरोना संक्रमित उपचारपछि निको । कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज भएको हो।
-*-
पाल्पामा कोरोना संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यावस्थापनमा खटेका दुई जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
-*-
कैलालीका थप १ जना कोरोना सङक्रमितको मृत्यु । गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको हो ।
-*-
अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि । पछिल्लो २४ घण्टामा अमेरीका ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।
-*-
पिसीआर विधिबाट परिक्षणका लागी थप १० ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला स्थापना गर्ने भएको छ ।
-*-
रोल्पामा बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जना पक्राउ । १३ वर्षीया नाबालिकालाई बजरजस्ति करणी गरेको आरोपमा रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र ३० वर्षीय कमल रेग्मीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
-*-
लागुऔष मुद्दामा फरार प्रतिबादी पक्राउ । लागूऔषधमा फरार प्रतिवादी त्रियुगा नगरपालिका–७ निबासी हाल त्रिनपा–३ बस्ने २७ वर्षिय राजकुमार चौधरीलाई पक्राउ परेको हो ।
-*-
जाल्पा एकिकृत विकास समाज नेपालले उदयपुरको ९ वटा विद्यालयका ४ सय ७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
-*-
सर्वियन खेलाडी नोभाक जोकोभिचका प्रशिक्षक गोरान इभानीसेभिकलाई कोरोना संक्रमण पुष्टि । विश्व नम्वर एक टेनिस खेलाडीका व्यक्तिग प्रशिक्षक तथा पूर्व विम्बल्डन च्याम्पियन गोरानलाई शुक्रबार कोरोनाको पुष्टि भएको हो ।
-*-
उदयपुरमा आज पुष्टि भएका कोरोना संक्रमितहरुलाई बेल्टारको आईसोलेसनमा लैजाने तयारी भईरहेको छ । त्रियुगा नगरपालिका–३ मोतिगडा क्वारेन्टाईनमा बसेका ७ जनामा संक्रमण पुष्टि भएपछि बेल्टार सातधारेको आईसोलेसनमा लैजाने तयारी भईरहेको हो ।
