
मिलन परियार
लिम्चुङबुङ, असार १३
जाल्पा एकिकृत विकास समाज नेपालले उदयपुरको ९ वटा विद्यालयका ४ सय ७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । वल्र्ड जिभन ईन्टर्नेसनल नेपालको सहयोगमा जाल्पाले कोभर परियोजना कार्यक्रम अन्तरगत लकडाउनले पठनपाठनबाट प्रभावित भएका कक्षा १–३ सम्म का विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको हो ।
प्रत्यके बालबालिका ४ सय ७५ रुपैयाँका दरले करिब १ लाख ९३ हजार ३ सय २५ रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुर का सूचना तथा अनुगमन मुल्यांकन अधिकारी रुद्र प्रसाद पोखरेलले बताए ।
शैक्षिक सामाग्री १ थान किताब (चित्रकला, ब्याबहारीक सिकाई, मनोरञ्जनात्मक ज्ञान भएको ) २ कलर पेन्सिल १ प्याकेट, पेन्सिल ५ थान, ३ पेन्सिल कटर र इरेजर ५÷५ थान स्वअध्ययन शैक्षिक सिकाई सामाग्री बितरण गरिएको बताए ।
कक्षा १–३ सम्मका १ हजार ४६ जना बाल बालिकालाई शैक्षिक सामाग्री बितरण गर्ने लक्ष्य लिईएको उनले बताए ।
अहिले रौतामाई गाउँपालिकाको ७ वटा विद्यालयका २ सय ८४ जना र ताप्लि गाउँपालिकाको २ वटा विद्यालयका १ सय २३ जना विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको पोखरेलले बताए ।

