
पूर्णपुष्टि, असार १३
लागुऔष मुद्दामा फरार प्रतिबादी पक्राउ परेको छ । लागूऔषधमा फरार प्रतिवादी त्रियुगा नगरपालिका–७ निबासी हाल त्रिनपा–३ बस्ने २७ वर्षिय राजकुमार चौधरीलाई पक्राउ परेको हो ।
चौधरी २०७० साउन ४ गते घरको कोठामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रजान ट्याबलेट १ हजार ७ सय, कोरेक्स ५ बोतल र गाँजा ३ सय ग्राम बरामद भएपनि वारदात स्थलबाटै फरार रहेको थियो ।
फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरी लागू औषध मुद्दामा अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।
