Friday, May 22News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-14

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै उदयपुरमा संक्रमितको संख्या ६० पुगेको छ ।

-*-

कर्णाली प्रदेशमा थप २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको । निको भएर घर फर्कनेमा २ सय १ पुरुष र १३ महिला रहेका छन् ।

-*-

आज उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि  । भारतको दिल्लीबाट आएर कटारी नगरपालिका–१ बेलस्रोतको क्वारेन्टाईनमा बसेका ३ महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

-*-

आज नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि । देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

-*-

विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघे । विश्वको विभिन्न देशमा अहिलेसम्म १ करोड ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।

-*-

विदेशमा कोराना संक्रमणबाट निको हुने नेपालीको संख्या बढ्यो । विभिन्न देशमा २६ हजारभन्दा धेरै नेपाली संक्रमित भएकोमा १८ हजार ७ सय भन्दा धेरै निको भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

-*-

पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ९ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

-*-

भारतबाट शनिबार नेपाल प्रवेश गरेको सलह किरा उदयपुरको कटारीमा प्रवेश । किरा शनिबार साँझ पख देखा परेको कटारी नगरपालिकाको कृषी विकास शाखाले जनाएको छ ।

-*-

भारतबाट तराईका केहि जिल्लामा देखा परेको सलह किरा पहाडी क्षेत्र तिर लागे । हिजो रुपन्देही, बारा, पर्सामा ठूलो सङ्ख्यामा सलह देखा परेको थियो ।

-*-

भारतबाट नेपालमा सलह किरा प्रवेश गरेपछि कीरा नियन्त्रणको प्रयास भइरहेको सरकारले जनाएको छ । सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो ।

-*-

कृषि विज्ञ मदन राईले सलह किरा किन्ने जानकारी दिएका छन् । नेपालमा पनि सलह भित्रि सकेको हुदा बिभिन्न जिल्लामा पुगेर यसले क्षती पुराउन थालेको छ ।

-*-

आज तत्कालिन नेकपा एमालेका महासचिब जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल परिषरमा विरुवा रोपिएको छ ।

-*-

एफए कप फुटबलको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड प्रवेश । हिजो भएको खेलमा नर्विच सिटीलाई २–१ गोलले पछि पार्दै युनाइटेड फाईनलमा प्रवेश गरेको हो ।

-*-

अविरल वर्षासँगै आएको पहिरोले स्याङ्जामा घर पुरिदा एक जनाको मृत्यु भएको छ ।

-*-

रुपन्देहीमा गतराति भएको कार दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ ।

-*-

मुस्लिम अतिवादी समूह ‘अब शबाब’ का कमाण्डरलाई सोमालियाको सुरक्षा समूहले मारेको सोमालियाको सरकारी संचारमाध्येमहरुले जनाएको छ ।