Friday, June 26News That Matters

पूर्वखोला गाउँपालिकाद्वारा पीसीआर किट खरिद

पूर्णपुष्टि, जेठ २९ गते । 

पाल्पाको एक गाउँपालिकाले आफ्नै खर्चमा पीसिआर किद खरिद गरेको छ । पूर्वखोला गाउँपालिकाले कोरोना परीक्षणका लागि पीसीआर किट खरिद गरेको हो  ।

पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्नेको संख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि पालिकाले आफ्नै खर्चमा किट खरिद गरिएको जनाएको छ ।

क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षणको तयारी भैरहेको पालिकाले जनाएको छ । सरकारबाट किट उपलब्ध नहुँदा लामो समयसम्म क्वरेन्टीनमा राख्नु परेपछि उनीहरुमा सङ्क्रमण देखिए अरुलाइसमेत जोखिम हुने भएकाले किट खरिद गरेको जनाएको छ ।

गाउँपालिकाले घर फर्किएका लगायत अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको कोरोना परीक्षण गर्ने तयारी गरेको जनाएको छ ।

पाल्पामा अहिलेसम्म २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।