
पूर्णपुष्टि, जेठ २९ गते ।
मनसुन भित्रिन लागेकाले बिस्तारै पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनका लागि उपयुक्त प्रणाली बन्ने क्रममा रहेकाले अब पानी पर्ने क्रम बढ्दै जाने महाशाखाले जनाएको छ । अब मनसुन अघिको अवस्था भन्दा फरक पानी पर्न थाल्नेछ ।
सामान्यतया मनसुन अघिको अवस्थामा झ्वार्र पानी परेर रोकिन्छ भने मनसुनमा निरन्तर पानी परिरहनेछ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने भएपनि केही वर्षयता ढिला भित्रिएर ढिला नै बाहिरिने गरेको छ ।
अबको १÷२ दिनमा नेपालमा मनसुन भित्रने देखिएकाले त्यसपछि नै मनसुन भित्रिएको घोषणा गर्ने तयारी गरेको जनाईएको छ । आज देशको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
