
पूर्णपुष्टि,फागुन १७
पूर्वधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका थिए । भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ, भने तत्कालै उनको ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।
न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष छ ।
चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुई÷तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।
