
साउन २० गते ।
सवारी साधनको चापसँगै सागुरीदै गएको पृथ्वी राजमार्गको सडक विस्तार हुने भएको छ । राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक चार लेन हुने भएको हो ।
करिब ५० वर्ष पहिले निर्माण भएको राजमार्गमा सवारी साधनको चापले साँघुरो बन्दै गएपछि सडको विस्तार गरी दुई लेनलाई चार लेन बनाउन लागेको हो ।
पोखरा–मुग्लिन ९० किलोमिटर दुरी रहेको सडकको पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर सडक खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए ।
सडक विस्तार भएपछि राजमार्गमा पर्ने तीन ठूला पुल निर्माण हुने उपमहानिर्देशक सापकोटाले बताए । तनहुँको दमौली, पोखराको विजयपुर र पृथ्वीचोकको पुल ठूलो आकारमा बन्ने उनले बताए । पुल कम्जोर बन्दै गएकाले धेरै भार थाम्न नसक्ने अवस्थामा पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशन भएको छ ।
