
झापा, माघ १७ गते ।
झापाको शिवसताक्षीमा पैनीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । शवसताक्षी नगरपालिका–७ लालपानेका कुमार श्रेष्ठको २२ महिने छोरा सिद्धार्थ श्रेष्ठको मृत्यु भएको हो ।
घर देखि करिब ५० मिटर टाढा रहेको पैनीमा डुबिरहेको अबस्थामा विहिबार बिहान साँढे ७ बजे नाबालकको बाबुले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि बि एण्ड सी अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
