Wednesday, May 20News That Matters

लागुऔषधसहित ४ जना पक्राउ

झापा, माघ १७ गते । 

झापाको विभिन्न ठाउँबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटेका प्रहरी टोलीले ब्रउनसुगरसहित पक्राउ गरेका हुन् ।

बिहिवार साँझ ५ बजे बिर्तामोड नगरपालिका–६ निबासी २६ बर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम ब्राउनसुगर सहित बुट्टाबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटेका प्रहरी टोलीले बिर्तामोडको कृष्ण हल छेऊबाट झापा हल्दिवारी–४ निबासी २१ बर्षीय सौगात मगर, २१ बर्षिय बिबेक राई र हल्दिवारी–३ का २४ बर्षीय सन्तोष चुडाललाई ३ ग्राम ब्राउसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चार जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।