Friday, July 10News That Matters

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो विमान अवतरण

पूर्णपुष्टि, पुष ७ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । व्यावसायिक उडानको तयारीमा रहेको पोखाराकै पुरानो विमानस्थलबाट उडेको यति एयलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएको ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएका छन् ।

नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज पहिलो पटक उडाएर पुगेका थियो । यसले आन्तरिक उडान अझ सुरक्षित बनाउने छ । विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् । १ जनवरी २०२३ देखि यस विमानस्थलबाट साना जहाज, हेलिकप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुने गरी तयारी गरिएको छ ।