Friday, June 12News That Matters

पोखरा महानगरमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

पोखरा, जेष्ठ ५
पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा ९एमाले०को अग्रता रहेको छ ।

हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गर्नुभएको छ । रासस