
उदयपुर, जेष्ठ १४ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१ की ६९ बर्षीया मधुमाया खत्री माछा पोखरीमा मृत फेला परेकी छन् । त्रिनपा–१ जोगीदहमा रहेको माछा पोखरीमा खत्री डुबेर मृत अवस्था बिहान ८ बजे फेला पारेको प्रहरीले जनाएको हो ।
घटनाको जानकारी पाउनासाथ तत्काल खटेका प्रहरी टोलीले शव परिक्षणको लागी जिल्ला अस्पताल उदयपुर पठाएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
