Friday, May 22News That Matters

भुल्केको शिल्ड आज बाट खकुलो पारियो

पूर्णपुष्टि, जेष्ट, १४

शिल्ड गरिएको उदयपुरको भुल्के बुधबार बाट सामान्य बनाइएको छ । बैशाख ५ गते भुल्के स्थित नुरी मस्जित बाट एकै पटक १२ जना संक्रमण फेला परेपछि भुल्केलाई शिल्ड गरिएको थियो ।

सो ठाउँलाई १ महिना ९ दिन पछि सामान्य अवस्थामा ल्याइएको छ । संक्रमितहरुको बाराम्बार परिक्षण र स्वास्थ्य अवस्थालाई मध्यनजर गरी त्यस ठाउँलाई सामान्य बनाइएको हो ।

भुल्केका संकास्पद व्यक्ति वस्ति, संक्रमित बाट उच्च जोखिममा रहेको व्यक्ति र उनिहरुको कन्ट्राकमा रहेकोहरुलाई बाराम्बार परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आए सँगै स्थिति सामान्य बनाइएको जिल्ला प्रशासन कार्यलय उदयपुरले जनाएको छ ।

बैशाख ५ देखि घेरा बन्दिका कारण कष्टकर जनजिवन भोगिरहेको भुल्केका स्थानीयहरुको जनजिवन आज बाट केहि सहज भएको छ । त्यहाँ संक्रमित फेला परेकै दिन देखि उच्च सतर्कता र सुरक्षाकर्मीहरु खटाइएको थियो । अहिले सुरक्षाकर्मीहरु हटाइएको अवस्था छ ।

भुल्केमा ३२ जना समुदाय बाट र १ जना समुदाय बाहिर बाट गरी ३३ संक्रमित उदयपुरमा फेला परेका थिए । ति मध्ये भुल्केका ३२ जना भने निको भएर घर पर्किसकेको अवस्था छ । समुदाय बाहिर बाट फेला परेको १ संक्रमितको भने उपचार भइरहेको छ ।

सामान्य बनाइए पनि भुल्केका स्थानीयहरु ढुक्क भइहाल्नु पर्ने अवस्था भने छैन । भुल्के लगाएत उदयपुरको अन्य ठाउँहरु पनि सामान्य बनाइएको अवस्था छ ।सामान्य रहेपनि जोखिम भने टरेको अवस्था छैन् । दैनि रुपमा गरिने कार्यहरु सँगै सुरक्षित अपनाउनु पर्ने अवस्था भने अझै पनि उत्तिकै देखिन्छ ।

भुल्केलाई शिल्ड गर्दाको तस्विर