Friday, May 22News That Matters

मोतिगडा क्वारेन्टाईनबाट २७ जना घर पठाईयो

पूर्णपुष्टि, जेठ १४ गते ।

त्रियुगा नगरपालिकाले मोतिगडामा संचालन गरेको क्वारन्टाईनबाट आज २७ जनालाई घर पठाईएको छ । क्वारेन्टाईनमा बसेको १४ दिन पुरा गरी पिसिआर परिक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको हो ।

क्वारेन्टाईनबाट घर पठाईएकामध्ये ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर आएका हुन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेपछि क्वारेन्टाईनमा राखिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । क्वारेन्टाईनमा संक्रमितहरुको परिवार सदस्यलाई राखिएको थियो ।

उनीहरुलाई अजा विहान त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उप–मेयर देवीकुमारी चौधरी र जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले विदाई गरेका थिए ।

आज कोशी अस्पतालबाट डिस्चार्ज भएका ४ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरी घर पठाएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक अवधनारायण चौधरीले बताए ।

आज भारतको पञ्जावबाट आएका १६ जनालाई मोतिगडा क्वारेन्टाईनमा राखिएको छ भने चौदण्डिगढीका २ जनालाई चौदण्डिगढी नै पठाएको सह–संयोजक चौधरीले बताए ।