Monday, April 20News That Matters

पोर्चुगलका चर्चित स्टार क्रिष्टियानो रोनाल्डो साउदी क्लबमा आबद्ध

पूर्णपुष्टि, पुष १६ । पोर्चुगल फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। उनले विश्व कीर्तिमानी मूल्यमा साउदी क्लबसँग २०२५ सम्मको सम्झौता गरेका छन्। क्लबबाट रोनाल्डोले वार्षिक १७७ मिलियन पाउन्ड बढी पारिश्रमिक लिइने जनाइएको छ।

साउदी अल(नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत हस्तान्तरण गरेका छन् ।

३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन्। साउदी क्लबसँग सम्झौता गर्दै ३७ वर्षीय रोनाल्डोले भने, ‘नयाँ अनुभवका लागि फरक देशको फरक क्लबको अनुभव बटुल्नका लागि उत्साही छु। उनी भन्छन म भाग्यमानी रहेँ, मैले सबै थोक जितेको छु। मैले युरोपियन फुटबलमा जित्न बाँकी केही छैन। त्यसैले मेरो अनुभव एसियामा सेयर गर्नका लागि यो राम्रो अवसर हो ।

रोनाल्डोलाई अनुबन्धन गर्दे क्लबले लिगका लागि रोनाल्डोको आगमन प्रेरणादायी हुने र लिगका लागि रोनाल्डोको आगमन प्रेरणादायी हुनेछ । साथै आगामी पुस्ताका लागि समेत रोनाल्डोको आगमनले उत्साह थप्नेछ।