
सुनसरी, असार २३
सुनसरीको रामधुनीमा तालमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ । रामधुनी नगरपालिका–७ जुडि तालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको हो ।
हिजो दिउँसो सवा २ बजे तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
