Friday, June 26News That Matters

लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, असार २३ 

सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागुऔषध सहित १ जना पक्राउ परेको छ । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटेको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट डाईलक्स डिसि १ सय एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेट बरामद गरी हिजो राती करिब पौने १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।