
पूर्णपुष्टि, बैशाख २१
झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा साथीहरूसंग पौडी खेल्न गएको थाम्सुहाङको डुवेर मृत्यु भउको हो । पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट उनि बगेर बेपत्ता भएका थिए ।
थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटेर खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण तर्फ मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।
