
पूर्णपुष्टि, असोज १
भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिउसो १२ बजेको समयामा आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको थियो । घटना बारे स्थानियबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटरबाट खटेको प्रहरी टोलीले खोजतलास गरी बेलुका सभा ४ बजे मृत अबस्थामा परियारको लास फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट समेत प्रहरी टोली खटि गएको छ ।
