
पूर्णपुष्टि, असार ३०
प्यूठानमा कृषकहरुले टिन, थाल ठटाएर सहल किरा भगाउन थालेका छन् । सोमबार विहानदेखि पुन सलह किरा गाउँमा प्रवेश गरेपछि मकै र तरकारी लगायतका अन्नबाली जोगाउन किसानहरुले टिन र थाल ठटाउँदै भगाउन थालेका हुन् ।
किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा कतिपय ठाउँमा नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको कृषकहरु बताउँछन् ।
अहिले सलहले धान, मकै, तरकारी बाली खाएर नोक्सान पु¥याइरहेको छ । भारतबाट नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको जनाईएको छ ।
सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको जनाएको छ ।
