
पूर्णपुष्टि, फागुन ६
सरकारले प्रचण्डको सुरक्षामा भारी कटौती गरेको छ । प्रचण्डको सुरक्षामा खटाइएका प्रहरी नायव उपरिक्षक सहित भारी सुरक्षाकर्मीहरु गुहमन्त्रालयले कटौती गरेको छ । मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख अनुसार प्रचण्डको सुरक्षा कटौती गरेको हो ।
हाल प्रचण्ड सँग १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी मात्र सुरक्षाको लागि खटाईएको छ । प्रचण्ड सँग पहिले ४७ जना सशस्त्र प्रहरी र २७ जना नेपाल प्रहरीलाई सुरक्षामा खटाइएका थिए ।
पचण्डलाई सरकारले पर्याप्त सुरक्षाकर्मीहरु उपलब्ध गराउन नसकेको भन्दै उनको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ ।
यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो । सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाहाललाई दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली मात्र खटाएको छ ।
सुरक्षा चुनौतीलाई ध्यान दिएर पूर्वजनमुक्ति सेनाको टोली खटाइएको प्रचण्ड(नेपाल समूहका राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए।
‘हामीले युवा संघका साथीहरू खटाएका छौं । उहाँहरू सबै पूर्वजनमुक्ति सेनाका सदस्यहरू हो । उहाँहरूले सुरक्षाका लागि सहजीकरण गर्ने मात्रै हो,’ उनले भने, ‘प्रधानमन्त्रीले मितव्ययिताका लागि भन्दा पनि ‘बदला’ लिने नियतले सुरक्षा टोली कटौती गर्नुभएको हो। अब कसरी अघि बढ्ने भनेर हामी थप छलफल गर्दैछौं ।
सशस्त्र प्रहरी स्रोतले १६ जनाबाहेक खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । यता नेपाल प्रहरी बाट पनि २ जना बाहेक सबै फिर्ता गरिसकेको जनाए ।
