Sunday, May 17News That Matters

करणी मुद्दामा उदयपुरका फरार प्रतिवादी चतराबाट पक्राउ

पूर्णपुष्टि,फागुन ६

जबरजस्ती करणी मुद्दामा उदयपुरका एक फरार प्रतिवादी चतराबाट पक्राउ परेको छ । उदयपुरको बेलका नगरपालिका–५ लालबजार बस्ने रबिन वि.क.लाई रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधवार सुनसरी जिल्लाको चतराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चतरा सुनसरी संगको समन्वयमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलिले वि.क.लाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले उनलाई सुनसरी जिल्लाको चतरामा लुकिछीपी बसिरहेको अबस्थामा गरेको थियो ।

उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत उदयपुरमा फैसाला कार्यन्वयनको लागी बुझाईएको जिल्ला प्रहरी कार्यलय उदयपुरको सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।

जिल्ला अदालत उदयपुरले २०७२ साल जेठ ३ गते गरेको फैसला अनुसार वि.क.लाई २ वर्ष ११ महिना १४ दिन कैद सजाय तोकेको थियो । अदालतको फैसला आएपछि वि.क फरार रहेका थिए ।