Sunday, August 9News That Matters

प्रचण्डले खोसे ऊर्जामन्त्री टोपबहादुर रायमाझीको सांसद पद

माओवादी केन्द्रले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सहित ५ जना मन्त्रीको सांसद पद खोस्ने निर्णय गरेको छ ।

उनीहरुको सांसद पद खोसिएको संसद् सचिवालयलाई पत्राचार गरेको छ । केपी शर्मा ओलीले उनीहरूलाई फागुन २८ मा केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।