Sunday, August 9News That Matters

मुडाले किचेर १ जनाको मृत्यु

भोजपुर, चैत्र २४

भोजपुरमा मुडाले किचेर एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका–४ मान्द्रेमा काठ सम्बन्धि काम गर्ने मजदुरको मुडाले किचेर मृत्यु भएको हो ।

आज बिहान ८ बजे धनकुटा पाख्रिवास–३ मुवाखोला निबासी २२ बर्षीय निरबहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सोही मुडाले थिचेर घाईते भएको थियो । उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पु¥याउन साथ दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।